१. सेक्स लत भनेको के हो? यसले व्यक्ति तथा समाजमा कस्तो असर पार्न सक्ला?
के तपाईंलाई बारम्बार सेक्स गर्न मन लाग्छ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ? या अश्लील चलचित्र हेर्न मन पर्छ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ। धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो। सेक्स एक प्राकृतिक क्रिया हो। तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ।
के हो सेक्स लत?
जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ। जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ। मौका मिल्ने बित्तिकै सेक्सका बारेमा सोच्न सुरु गर्छन्। यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ। उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन्।
सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ। कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन्। सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ। सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ। यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन्। मौका पाउनेबित्तिकै पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन्। त्यस्ता फिल्म हेर्नेक्रममै हस्तमैथुन गर्छन्। सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन्। तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ। यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर। उनीहरु मनमा पनि हिनभावनाले ग्रसित हुन्छन्, तर, जब मौका पाउछन्, फेरि यौन क्रियाकलाप सुरु गरिहाल्छन्।
यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन्। जब कसैसंग च्याट गर्छन् या टेलिफोनमा कुरा गर्छन्, घुमाईफिराई कुरालाई सेक्सतर्फ लैजान्छन्। अपरिचित महिलालाई यौनको दृष्टिकोणले हेर्छन्। यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन्।
महिला पनि हुन्छन् सेक्स लतको शिकार
सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन्। पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन्। यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ। एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ। ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन्। यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ।
अनुदित सामग्री
यो पनि:
यौन स्वास्थ्य प्रश्नोत्तर- १ : शुक्राणुको आयु, प्युबिक हेयर र स्तनसम्बन्धी ४ जिज्ञासा र उत्तर