उमेर जति ढल्किँदै जान्छ, त्यतिनै मानिस यौन सम्बन्धका बारेमा खुला हुँदै जान्छन्। साथै, व्यवहारमा पनि छिटो परिवर्तन हुन थाल्छ। लामो अनुभव तथा यौन स्वादका बारेमा पोख्तहुने हुनाले पनि ४० वर्ष पछिका महिला-पुरुषलाई यौनसम्बन्ध नौलो हुँदैन। तिनले जीवनमा लिनुपर्ने धेरै अनुभव लिइसकेका हुन्छन्। त्यसैले बुढेसकालको यौन सम्बन्ध तनावरहित हुन्छ।
तरूण-तन्नेरीमा जस्तो बुढेसकालको यौन सम्बन्धमा लामो समय कुराकानी तथा गफ हुँदैन। मन मिलेको र सुरक्षित भएको खण्डमा तुरुन्तै यौन सम्बन्धका लागि तयार हुन्छन्। तर, त्यसका लागि समय, स्थान र यौन जोडीबीचको मन भने मिल्नुपर्छ।
बुढेसकालमा सँगै बसेर, शरीरका अङ्ग छोएर, अङ्गालो हालेर, चुम्बन गरेर पनि यौन आनन्द लिन सकिन्छ। शारीरिक रूपमा यौन सम्पर्क गरेर मात्रै यौनानन्द लिन सकिन्छ भन्ने हुँदैन। कोही महिला-पुरुष सँगै बसेर कुरा गरेर पनि यौनानन्द लिन सक्छन्। सँगै बसेर हेराहेर गरेर पनि बुढेसकालमा यौनानन्द लिन सकिन्छ। साथै, विगतका आफ्ना यौन अनुभूति र अभ्यासको छलफल गरेर पनि यौनानन्द लिन सकिन्छ।
बुढेसकालमा यौन सम्बन्ध राख्दा गर्भ रहने सम्भावना पनि कम हुन्छ। त्यसैले बुढेसकालमा यौन सम्पर्क हुँदैन भन्ने होइन। सामान्यतया यौन सम्पर्क राख्दा पनि गर्भ नरहने भएकाले बुढेसकालमा यौन सम्बन्ध प्रायः डर तथा चिन्तारहित हुन्छ। यौनानन्द तथा यौन सुख पनि हुन्छ।
महिलाको हकमा रजस्वला रोकिँदैमा यौन चाहनामा कमी हुँदैन। यौन चाहना मर्दैन। बरू अनुभव र अभ्यासका कारणले बढी यौनानन्द लिन सकिन्छ।
बुढेसकालमा बूढा-बूढीबीच यौन सम्बन्ध तथा प्रेम चलिरहेको छ भने त्यहाँ बुढ्यौलीपनको कल्पना हुँदैन। बुढेसकालको कल्पना नगरेकै राम्रो पनि हो। यौन चाहना हुँदाहुँदै यौन क्षमतामा भने कमी आएको हुन्छ।
तरुण-तन्नेरीको कल्पना हुन्छ। तरूण-तन्नेरीकै कल्पनामा सहवाससमेत हुन्छ। महिलाले पनि म संसारकै सबैभन्दा सुन्दर पुरुषसँग प्रेम गरिरहेकी छु भन्ने कल्पना गर्छन् भने पुरुषले पनि म संसारकै सबभन्दा सुन्दरीसँग प्रेम गरिरहेको छु भन्ने कल्पना गर्नुपर्छ।
विशेष गरी उमेर पाको हुँदै जाँदा पुरानै यौन जोडीसँग यौन सम्बन्ध राख्दा हुँदै कतिपयको लिङ्ग सक्रिय हुँदैन। तर, यौन जोडी परिवर्तन गर्ने वित्तिकै पुनः लिङ्ग सक्रिय हुन्छ।
पूर्वीय धर्मशास्त्र अनुसार ब्रह्मचार्य, गृहस्थ, वैराग्य र सन्यासीगरी चार किसिमले उमेरको वर्गिकरण गरिएको छ। तर, उमेरको यो वर्गिकरण अनुसार यौन क्रियाकलापलाई आधार मान्ने हो भने व्यहवारिकरूपमा यौनको उचित व्यस्थापन हुने देखिँदैन। यौनलाई संकुचित गर्नु उचित हुँदैन। त्यसैले ब्रह्मचार्य र गृहस्थ जीवनमा मात्रै होइन वैराग्य र सन्यासी जीवनमा समेत यौनको व्यवस्थापन आवश्यक हुन्छ।
बुढेसकालमा पनि यौन जोडीबीच मानसिक रूपमा यौन सम्पर्कका लागि तयार नभैकन यौन प्यास मेटाउन यौनाङ्ग तयार हुँदैनन्। मानसिक रूपमा यौन सम्पर्कका लागि तयार भएपछि मात्रै शारीरिक रूपमा पनि यौन सम्पर्कका लागि यौनाङ्ग तयार हुन्छन्।
बुढेसकालको प्रेम मनोविज्ञानमा खेल्ने किसिमको प्रेम हुन्छ। दिमागमा संवेदिकर चालक्षेत्र हुन्छन्, जसमध्ये बूढीऔंला, जिब्रो, र यौनाङ्गले बढी क्षेत्र ओगटेको हुन्छ। त्यसैले यौनाङ्ग बढी सक्रिय र संवेदिक पनि हुन्छन्। त्यसैले बुढेसकालमा होस वा तन्नेरी अवस्थामा यौनमा छलफल र सहभागी बढी हुनुको मुख्य कारण मस्तिष्कमा यौनाङ्ग र क्रियाकलापको ओगटेको क्षेत्र बढी हुनु हो।
जसको बूढी औंला धेरै चल्छ, जसको जिब्रो धेरै चल्छ, त्यस्ता मानिस बढी सेक्सीसमेत हुनसक्छन्।
महिलाभन्दा पुरुषमा सुँघ्ने क्षमता कम हुन्छ। पुरुषले सुँघ्ने र स्वाद थाहा पाउने क्षमतामा महिलासँग प्रतिस्पर्धा गर्न सक्दैनन्। त्यसैले परस्त्रीसँग सहबास गरेर घरमा आएको पुरुषलाई घरकी श्रीमतीले थाहा पाउन सक्छिन्। त्यसैले कतिपय चलाख पुरुषले घरमा आउनेबित्तिकै लुगा पानीमा भिजाउने गर्छन् वा नुहाउँछन्। यद्यपि बुढेसकालमा सुँघ्ने क्षमता कमहुँदै जान्छ। सुँघ्ने क्षमता कमहुँदै जाँदा यौनप्रतिको र यौन सहयात्रीप्प्रति आकर्षण घट्दै जान्छ।
यौन संवेदनशील विषयवस्तु हो। बिना समझदारी यौन सम्बन्ध हुँदैन। असमझदारीमा भएको यौन सम्बन्धलाई नेपालको कानुनले पनि वर्जित गरेको छ। यौन र प्रजनन् अधिकार पूर्णरूपमा महिलामा सुरक्षित छ। बुढेसकालमा पनि समादारीमा गरेको प्रेम तथा यौन सम्र्कमा यौनानन्द लिन सकिन्छ। छलफल तथा भावना साटासाट गरेर पनि यौनानन्द लिन सकिन्छ।
प्राडा दिनेश बाँस्तोलाको पुस्तक सुहागरात (पहिलो दिनदेखि बुढेसकालसम्म) बाट साभार