काठमाडौं- काठमाडौंको कलंकीस्थित शहिद मेमोरियल अस्पतालले गणतन्त्र दिवसको अवसरमा बृहत निःशुल्क शिविर सम्पन्न गरेको छ। विगत १६ वर्षदेखि कलंकी चोकमा संचालित अस्पतालले सोमबार स्वास्थ्य शिविर आयोजन गरेको हो।
उक्त शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो। शिविरमा जनरल तथा युरो सर्जरी, हाडजोर्नी तथा नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक,कान तथा घॉटी रोग, बालरोग, मुटुरोग, छाला तथा योनरोग सम्बन्धी सेवा दिइएको थियो।
साथै बिरामीहरुलाई ल्याब, भिडियो एक्सरे सेवा तथा निःशुल्क रुपमा औषधि वितरण पनि गरिएको थियो।
शिविरमा १२०० जनालाई सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा जितेन्द्र श्रेष्ठले जानकारी दिए।