काठमाडौं- गुट्खा तथा सूर्ती उद्योगले २०८१ वैशाख १ गतेदेखि वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने भएको छ।
अर्थमन्त्री प्रकाशशरण हमतले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्यरूपमा जैविक रुपमा सडेर जाने (वायो डिग्रेडेवल) जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए।
यस्तै इलाम, मुस्ताङ, दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने तथा प्लास्टिक झोलाको सट्टा कागज वा कपडाको झोलाको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए।