काठमाडौं- सरकारले लुम्बिनी प्रदेशको बुटवल, मधेस प्रदेशको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने भएको छ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मेडिकल कलेज सञ्चालन गर्न बजेट छुट्टाएको बताए।
'सम्बन्धित प्रादेशिक अस्पतालहरूको सहकार्यमा उक्त मेडिकल कलेजहरू सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाइने छ। डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट छुट्टाएको छु,' उनले भने।