काठमाडौं- सरकारले क्षयरोगी पहिचान गरी नि:शुल्क औषधि उपलब्ध गराउने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए।
'क्षयरोग मुक्त अभियान अन्तर्गत रोगीहरूको पहिचान गरी नि:शुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको छु,' उनले भने।