काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्ने घोषणा गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
'जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय विरुवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याइएको छ। जडीबुटीको प्रशोधन तथा सारतत्व प्रमाणित गरि निर्यात प्रवद्र्धन गर्न प्रोत्साहित गरिने छ,' उनले भने।