काठमाडौं- यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधान बनेकी छिन्। शनिबार भएको फाइनल प्रतिस्पर्धामा २३ वर्षीया प्रधानले अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि हात जितेकी हुन्।
प्रतिस्पर्धामा भाग लिएकामध्ये बीडीएस अन्तिम वर्षमा अध्यनरत ग्रिष्मा अधिकारीले ‘मिस ग्ल्यामर’को उपाधि जितेकी छिन्। यसपटकको प्रतियोगितामा अधिकारीसहित अर्की एक बीडीएस डाक्टर र नर्स पनि सहभागी थिए। उनीहरुले भने पदक जित्न सकेनन्।
मिस ग्ल्यामरको उपाधि जित्न सफल अधिकारी किष्ट मेडिकल कलेजमा बीडीएस अध्ययनरत विद्यार्थी हुन्। धादिङ घर भएकी अधिकारी प्रतिस्पर्धीमध्ये अन्तिम पाँचमा पुगेकी थिइन्।
प्रतियोगितामा डेन्टल डाक्टर कीर्ति बर्तौला र नर्स सदीक्षा थापाले भने कुनै पनि पदक जित्न सकेनन्।