काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उनी आज (शुक्रबार) बिहान स्वदेश फिर्ता भएका हुन्।
सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू, दाताहरू तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए। १५ गते बजेट उनले महासभा नसकिँदै स्वदेश फर्किएका हुन्।
मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो। मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ।
महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ। महासभा यही १६ गते मे ३० सम्म हुनेछ।