काठमाडौं- उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत सिअहेवमाथि अपमानजनक व्यवहार गरिएको भन्दै विभिन्न संघ, संगठनले आपत्ति जनाएका छन्।
अपमानजनक व्यवहार र बिना अनुमति भिडियो खिचि गाली बेइज्जती गर्ने अभिप्रायले सामाजिक संजालमा पोष्ट गरिएको उनीहरुले बताएका छन्।
राष्ट्रिय प्रगतीशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकमी महासंघ कोशी प्रदेशले संयुक्त रुपमा वित्रप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुप्रति सत्य तथ्य नबुझि सतही रुपमा अभिव्यक्त अस्वभाविक धम्किपूर्ण टिप्पणीले स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कार्य गरेको भन्दै भत्सना गरेका छन्।
साथै घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग उनीहरुले माग गरेका छन्।
हेर्नुहोस विज्ञप्ति