काठमाडौं– चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहका लागि नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्यापनका लागि प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)अन्तर्गतका ७२ वटा शिक्षण संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतमा सोमबार बसेको आयोगको पूर्ण बैठकले प्रमाणपत्र तहका लागि विभिन्न विषय अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
आशयपत्र पाउनेमा अधिकांश सामान्य चिकित्सा (एचए) पढाउने संस्था रहेका छन्। नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी कलेजहरुले पनि आशयपत्र पाएका छन्।
आशयपत्र पाएका कलेजहरुले सिटिइभिटी र आयोगको अनुगमन पछि मापदण्डर पूर्वाधारका आधारमा विद्यार्थी भर्नाका लागि कोटा पाउने छन्।
हेरौं सूची