काठमाडौं- बिपी मेमोरियल क्यान्सर अस्पतालका तीन वटा संघ संगठनले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते बिपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको बिरामी र नर्स बीचको भिडियो बाहिर आएको थियो।
आफूलाई सामाजिक अभियन्ता भन्ने व्यक्तिले नर्स कुरुवाको संवादलाई अनुमति बिना वार्ड भित्रै गएर भिडियो खिचि सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको घटनाले नर्सिङ पेशाप्रति र अस्पतालको विश्वसनीयतामा आँच आउने उनीहरुको भनाई छ। पटक पटक भिडियो इडिट गरी नर्सिङ पेशालाई नै आघात पुग्ने गरी सामाजिक सञ्जालमा व्यापक रुपमा प्रसाद भएको घटनाप्रति संघहरुले ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनाले नर्सिङ पक्षलाई मानसिक असर गरेको हुनाले भिडियो बनाउने ती व्यक्ति बारे आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन्।