काठमाडौं- निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संस्था 'एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज'ले चिकित्सा विधाका सम्पूर्ण कार्यक्रमलाई वार्षिक दुई सेसनमा सञ्चालनको व्यवस्था गर्न माग गरेको छ। एसोसिएसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वर्षमा २ सेसन सञ्चालन गर्ने गरी अधिकतम १००/१०० सिट दिने व्यवस्था गर्न माग गरेका हुन्।
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले जारी गरेको विज्ञप्तिमा कलेजहरुको पूर्वाधार र सेवा सुविधाका आधारमा दुई वटा सेसनमा सञ्चालन गर्ने गरी प्रति सेसन अधिकतम एक सय सिटसम्म व्यवस्था गर्ने व्यवस्था ल्याउन माग गरिएको छ।
‘चिकित्सा शिक्षाका सम्पूर्ण कार्यक्रमलाई बार्षिक रुपमा दुई शैक्षिक सत्रमा सञ्चालन भएमा सरकारको नीतिमा उल्लेख गरेजस्तै सरकारी स्तरबाट मात्रै नभई निजी लगानीमा सञ्चालि मेडिकल कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुबाट समेत न्युनतम शुल्कको आधारमा जनताको सवस्थ्य उपचार गर्न सकिन्छ’ विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले दुई सेसनमा भर्ना गर्न पाउने व्यवस्था लागू भएमा हाल नेपालमा स्नातक तहमा सबै कार्यक्रममा गरी दुई हजार दुई सय ४९ जनाले पाइरहेको छात्रवृत्तिको व्यवस्था समेत बढेर वार्षिक दुई सेसनमा गरेर चार हजार पाँच सय हुने विषय पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ