काठमाडौं- नेपाल फर्मास्युटिकल एशोसिएसनको प्रादेशिक कार्य समितिको निर्वाचन आगामी असार ९ गते हुने भएको छ।
वैशाख ३० गते बसेको बैठकले एशोसिएसनको प्रादेशिक कार्य समितिको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको हो। सोही दिन नेपाल फर्मास्युटिकल्स एशोसिएसन फार्मेसी असिस्टेन्ट फोरमको कार्यकारी समितिको पनि निर्वाचन हुनेछ।
एशोसिएसनले एक सूचना जारी गरी निर्वाचनका लागि यही जेठ ३० गतेसम्म नयाँ सदस्यता तथा सदस्यता नवीकरण गर्न एशोसिएसनले सबैमा आग्रह गरेको छ। हालसम्म प्रादेशिक क्षेत्र विवरण उपलब्ध नगराएका सदस्यहरुले उक्त विवरण जेठ ३० गते अघि नै अद्यावधिक गराउनुपर्ने सूचनामा उल्लेख छ।