काठमाडौं- देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७९३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४ जना तथा एन्टीजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ जना संक्रमणमुक्त भएका हुन्। योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय संक्रमितको सङ्ख्या ८० पुगेको छ।