काठमाडौं - सरकारले प्रदेशस्तरको कम्तीमा एक अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोगको निदान हुन सक्ने सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो उल्लेख गरेका हुन्। सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिने राष्ट्रपति पौडेलले बताए।
उनले भने, ‘प्रदेशस्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्ने सुपर स्पेशियालिटी अस्पतालको रूपमा विकास गर्न आवश्यक पूर्वाधार¸ प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिनेछ।’