काठमाडौं– सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रुपान्तरण गर्ने नीति लिएको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
त्यस्तै आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने सरकारको नीति रहेको छ।
औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तिय र अन्य सुविधा तथा सहुलियत उपलब्ध गराइने सरकारको नीति रहेको छ।