काठमाडौं- सरकारले आधारभूत स्वास्थ्य सेवा प्रहावको लागि आवश्यक ९८ प्रकारका औषधिहरु स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाईने नीति ल्याएको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
साथै सरकारले औषधिजन्य तथा स्वास्थ्यजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा र सहुलियत उपलब्ध गराउने भएको छ।