काठमाडौं - सरकारले प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रुपमा टेलिमेडिसिन सेन्टर स्थापना गर्ने नीति लिएको छ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्ने उल्लेख गरेका हुन्।
उनले भने, ‘प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रुपमा राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिनेछ।’