काठमाडौं- सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनरावलोकन गर्ने भएको छ। स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बिमा कार्यक्रमलाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बिमा कार्यक्रमलाई पुनरावलोकन गर्न लागिएको जानकारी दिएका हुन्।