काठमाडौं- सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार कार्यक्रमलाई थप व्यवस्थित बनाउने नीति लिएको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
त्यसैगरी बलात्कार, एसिड आक्रमण, हिंसा पिडित महिलाहरुको सुरक्षाको लागि एकिकृत सेवा सहितको दीर्घकालीन तथा अल्पकालीन पुनस्थापना केन्द्र स्थापना गर्दै लैजाने घोषणा गरेको छ।