काठमाडौं– सरकारले राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको छ।
आगलागी, डढेलो, दुर्घटना र आपराधिक क्रियाकलापबाट सख्त घाइते भएकाहरुको शीघ्र उद्धार र उपचार गर्न एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु एकीकृत रुपमा सञ्चालन हुने गरी राष्ट्रिय एकिकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको हो।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।