काठमाडौं- डा ईश्वरी खनाल र डा सन्तोष कुमार गुप्ता नवौँ तहमा बढुवाका लागि सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले उनीहरुलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको हो।
मन्त्रालयमा बिहीबार बसेको बैठकले बैठकले कार्यक्षमताको मूल्यांङ्कन प्रक्रियाद्धारा हुने बढुवामा दुई जनालाई सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले प्याथोलोजी समूह तर्फ कन्सलटेन्ट प्याथोलोजिष्ट पदमा दुई जना माग भए पनि बढुवाका लागि आवेदन दिएका सबै उम्मेद्धारहरु लोक सेवा आयोगको गत ६ वैशाखको निर्णयबाट आन्तरिक प्रतिस्पर्धामा सिफारिस भइसकेकोले नयाँ उम्मेद्धार नएको बताइएको छ।