काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन्।
मन्त्री बस्नेतले सुनकोसी गाँउपालिका र एक-एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष कुमार शाहीले स्वागत मन्तव्य राखेका थिए।
उद्घाटन कार्यक्रममा सुनकोसी गाँउपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रवणकुमार जिसी, गाउँपालिका उपाध्यक्ष कान्छीमाया लामा, एक एक पाइला फाउन्डेसनका अध्यक्ष सुमनशमशेर थापा, सुनकोसी गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्षलगायतको सहभागिता थियो।
१० शय्याको अस्पताल २०७४ साल मंसिरबाट निर्माण सुरू भएको थियो भने २०७९ साल साउन १ गतेबाट २४ घण्टै इमर्जेन्सी सेवासहित उपचार सुरू गरिएको थियो।