काठमाडौं– छाला उपचार र सौन्दर्यको क्षेत्रमा लक्षित गर्दै सञ्चालनमा आइरहेको लेट मी इन अस्पतालले आफ्नो शाखा विस्तार गरेको छ। नयाँ बानेश्वरमा सञ्चालित लेट मी इनले हालै आफ्नो नयाँ शाखा महाराजगञ्जमा विस्तार गरेका हो।
नयाँ शाखाको औपचारिक उद्घाटनसांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले गरेका हुन्।
‘हामी महाराजगञ्जमा हाम्रो नयाँ शाखा खोल्न पाउँदा र काठमाडौंका जनतालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न पाउँदा हर्षित छौँ’, लेट मी इनका अध्यक्ष ली मिन क्युङले भने।
लेट मि इनका छाला रोग विशेषज्ञ डा प्रमेश कोइरालाले एस्थेटिक सर्भिस विस्तारको क्रममा बिरामीका लागि उपयुक्त हुने गरी महाराजगञ्जमा सेवा विस्तार गरिएको बताए। उनका अनुसार महाराजगञ्जमा छाला तथा सौन्दर्यका सबै सेवाहरु उपलब्ध रहेका छन्। केही सेवाहरु नेपालमा नै पहिलोपटक अस्पतालमा भित्र्याइएको समेत उनले जानकारी दिए।