काठमाडौं- मधेश प्रदेशले दशौं तहका डाक्टरलाई सचिवको जिम्मेवारी दिएको छ। प्रदेशमा ११औं तहका कर्मचारी सचिव हुने व्यवस्था रहेको छ। तर, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले डा राजिवकुमार झालाई निमित्त सचिवको जिम्मेवारी दिएका छन्।
मुख्यमन्त्री यादवले ११औं तहका चिकित्सकको दरबन्दी रहेपनि त्यसलाई वेवास्ता गर्दै डा झालाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्। डा झा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशकका रुपमा कार्यरत थिए।
सचिवको जिम्मेवारी पाएलगत्तै डा झाले पदवाली गरिसकेका छन्।
मुख्यमन्त्रीले कानुनविपरित १०औं तहका डाक्टरलाई सचिव बनाएपछि प्रदेशका ११औं तहका चिकित्सकहरु रुष्ट भएका छन्।