काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत आगामी जेठ ७ देखि १६ गतेसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन स्विजरल्याण्ड जाने भएका छन्।
मन्त्री मोहन बस्नेत र अतिरिक्त सचिव डा विकास देवकोटा स्विजरल्याण्डको जेनेभामा आयोजना हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन स्विजरल्याण्ड जाने भएका हुन्।
मंगलबार भएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बस्नेत र देवकोटालाई स्विजरल्याण्ड जाने स्वीकृति दिएको जानकारी दिइन्।