काठमाडौं- बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच उपचारमा गर्दा लागेको साढे दुई लाख रुपैयाँ र थप १० लाख क्षर्तिपूर्ति दिने सम्झौता भएको छ।
औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको बताइएको छ। साथै छानबिनपछि औषधि व्यवस्था ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने गरी सहमति भएको छ।
गोरखाका ६२ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो उपचाक क्रममा मृत्यु भएको थियो। फोक्सोमा पानी जमेका कारण उपचारका लागि आइतबार भर्ना गरिएको थियो।
तर, मृतकका आफन्तले भने म्याद सकिएको औषधिका कारण मृत्यु भएको आरोप लगाएका छन्।
डेट एक्सपायर (म्याद सकिएको) औषधि दिएर बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालको फार्मेसीमा तोडफोड गरेका थिए।
फार्मेसीमा तोडफोड हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।
बिरामीको मृत्युपछि 'डेट एक्सपायर' औषधि बिक्री गरेको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड