काठमाडौं- सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगविरुद्द विद्यार्थीले हालेको मुद्दा खारेज गरेको छ। विद्यार्थीले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (एमडी/एमएस)को भर्ना प्रक्रियामा आयोगको कदमविरुद्द मुद्दा दायर गरेका थिए।
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सोमबार रिट खारेज भएसँगै आयोगको भर्ना प्रक्रिया अनुसार नै अगाडि बढ्ने भएको छ।