काठमाडौं- डा कृष्ण गोपाल श्रेष्ठको निधन भएको छ। नेपाल चिकित्सक संघका आजिवन सदस्यसमेत रहेका श्रेष्ठको गत २८ गते निधन भएको हो।
डा श्रेष्ठको निधनप्रति चिकित्सक संघले दुख व्यक्त गरेको छ।
महासचिव डा सन्जिब तिवारीले एक विज्ञप्ति जारी गर्दै डा श्रेष्ठको निधनले संघलाई अपुरणीय क्षति पुगेको जनाएका छन्।
श्रेष्ठ वरिष्ठ कार्डियोथोरासिक तथा भास्कुलर सर्जन हुन्।