समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ। यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ। यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन्।
केहि महिलाहरुलाई यौनाङ्गमा पुरुष लिङ्ग छिरेपछि मांसपेशीको संकुचन भई पिडा अनुभव हुन्छ। यौन अंगमा शारिरीक हिसावले गड्बडी हुँदैन तर सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ। यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ।
यौन सम्पर्कको समयमा पुरुषले हतारमा फोरप्ले नगर्दा पनि सुख्खा हुने समस्याले दुखाई हुन्छ। त्यसकारण सम्पर्कको समयमा फोरप्ले गर्न जरुरी हुन्छ। फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ। फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र सम्बन्धमा पनि प्रगाढता आउछ। सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ। सेक्सलाई शारीरिक जरुरत मात्र नसम्झिएर त्यसलाईपूर्ण रुपमा आनन्द उठाउनुपर्छ। यसका लागि सेक्सअघि फोरप्ले जरुरत हुन्छ।
हतारमा शरीरको आवश्यकता पूरा गर्ने हिसाबले केही मिनेटमै स्खलित भएर दुखाई निम्त्याउँदै विपरित दिशामा सुत्ने बानीले पत्नीमा सेक्सप्रति अरुची पैदा हुन सक्छ। त्यसैले सेक्सको भरपूर आनन्द उठाउन फोरप्ले आवश्यक हुन्छ।