वीर्यमा प्रोटिन हुन्छ भनिन्छ, के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ?
वीर्य स्खलनपछि शरीर कमजोर हुँदैंन। वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ। तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ। एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ।
स्खलनपछि शुक्राणुको आयु कस्तो हुन्छ?
हावा, कपडा, बिछ्यौनाआदिको सम्पर्कमा आएपछि शुक्राणुले आफ्नो तैरिने (पौडिने) क्षमता गुमाउछ। वीर्य सुक्नेबित्तिकै मृतप्रायः हुन्छ। शुक्राणु महिलाको योनिभित्र भएपनि निषेचन द्रव्य (फर्टाइल फ्लुड) भेटेन भने पनि केही घण्टामै मर्छ। तर, शुक्राणुले महिलाको फर्टाइल फ्लुड भेट्ने हो भने एक हप्तासम्म जीवित रहेर निषेचनका लागि अण्डाणुलाई पर्खन्छ। यसैले लिंगबाट बाहिर निस्किएको केही घण्टामात्र वीर्य जीवित रहन सक्छ।
(यो सामग्री हामीले विभिन्न इन्टरनेट स्रोतबाट लिएका हौं)