काठमाडौं - दिनको दुई पटक दाँत ब्रस गर्नु अनिवार्य मानिन्छ। सही तरिकाले ब्रस नगर्दा दाँतमा लेउ लाग्ने र विस्तारै कडा बन्दै जान्छ।
समयमै सफा नगर्दा दाँतमा जमेको दन्त लेउ र अन्य फोहोरहरु पत्थरमा परिणत हुन्छ। र, मुखमा समस्या ल्याउन सक्छ। यसका लागि बेलैमा सम्बन्धित चिकित्सकसँग दाँतको स्केलिङ अर्थात् सफा गराउनुपर्छ।
दन्त सर्जन डा तुल्सि पौडेलसँग दाँतको स्केलिङ र यसको आवश्यकता बारे थप बुझ्ने प्रयास गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
दाँतको स्केलिङ भनेको के हो?
– राम्रोसँग दाँत ब्रस गर्दा कहिले काँही सफा हुँदैन।
- कुनै उपकरणको सहायताले दाँतमा टाँसिएको फोहोर अर्थात् दन्तलेउ र अन्य फोहोरहरु सफा गर्नुलाई स्केलिङ भनिन्छ।
दाँतको स्केलिङ किन आवश्यक छ?
– राम्रोसँग ब्रस गर्न नजान्दा दाँतमा टाँसिएको दन्तलेउ र अन्य फोहोर सफा हुँदैन।
– दन्तलेउ राम्रोसँग सफा नहुँदा दुई तिन दिनमा जम्न थाल्छ।
– दन्तलेउ जम्दै गएपछि दन्त कडा किसिमको दन्त पत्थर बन्न थाल्छ। यो ब्रसले सफा गर्न सकिदैन।
– दन्त पत्थर दाँतमा भइरह्यो भने दाँतबाट रगत आउने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता समस्याहरु आउँछन्।
स्केलिङ कति समयमा गर्नुपर्छ ?
– राम्रोसँग दाँतको फोहोर सफा गर्न सक्यौ भने स्केलिङ आवश्यक छैन।
– दन्त चिकित्सक, दन्त हाइजिनिस्टसँग ६/६ महिनामा दाँतको परीक्षण गराइ रहनुपर्छ।
– दाँतको परीक्षणका क्रममा स्केलिङ गर्नुपर्ने देखियो भने गर्नुपर्छ।
स्केलिङ कुन विशेषज्ञसँग गराउँदा ठिक हुन्छ ?
– डेण्टल हाइजिनिस्ट, डेण्टल सर्जनसँग स्केलिङ गराउन सकिन्छ।
– तर स्केलिङसँगै अन्य समस्या छ भने आवश्यकता अनुसार रिफर गर्न सकिन्छ।
स्केलिङ गरेपछि दाँत सिरिङ्ग हुने, हल्लिने, दुख्ने गुनासो पनि आउँछ। यस्तो किन हुन्छ ?
– ढिला गरेर आउने व्यक्तिहरुमा यो समस्य हुन सक्छ।
– दाँतमा लेउ जमेर पत्थर भइसकेपछि गिजा सुन्निन्छ र समस्या बढ्न थाल्छ।
– जरासम्म पुगेको दन्त पत्थर सफा गरेपछि संवेदनशील हुन सक्छ।
– फोहोरले छोपिरहेको दाँत सफा गरेपछि केहीलाई हल्का सिरिङ सिरिङ गर्छ।
स्केलिङ गरेपछि के कुरामा ध्यान दिनुपर्छ?
– धेरै चिसो र तातो खानेकुराहरु २४ घण्टाको लागि खानु हुँदैन।
– दाँतमा दाग बस्ने खानेकुराहरु खानु हुँदैन।
– धूम्रपान र मद्यपान एक सातासम्म सेवन गर्नु हुँदैन।
– स्कलेङि गरेपनि दैनिक रुपमा बिहान र बेलुकी दाँत ब्रस गर्नुपर्छ।
समयमै स्केलिङ गरेनौ भने यसले मुख स्वास्थ्यमा कस्तो असर गर्छ ?
– ब्रस गरेको २÷३ मिनेटमै दन्त लेउ बन्न सुरु गर्छ भने देखिने गरी अवस्थामा पुग्न ६÷७ घण्टा लाग्छ।
– दन्त लेउदेखि पत्थर बन्न २ देखि ३ दिन लाग्छ।
– गिजा सुन्निने, दाँतबाट रगत आउने, हल्लिने, दुख्ने, सास गन्हाउने समस्या हुन्छ।
ब्रस गर्ने सही तरिका के हो ?
– दाहिने पट्टी पछाडीको भागमा ब्रसलाई सिधा राख्ने र हल्का चलाउने। तर घर्षण नगर्ने।
– ब्रसले घर्षण ग¥यो भने खिइने समस्या हुन्छ।
– चपाउने भागमा पनि यसरी नै हल्लाउने र स्वाइप गर्ने।
– गलत तरिकाले गरिएको ब्रसका कारण दाँतको प्राकृतिक इनामेलका कारण जान सक्छ।
– अन्त्यमा पनि जिब्रोको सरसफाईमा पनि ध्यान दिनुपर्छ।
स्केलिङ शुल्कको हिसाबले कत्तिको महँगो छ ?
– स्केलिङको शुल्क स्वास्थ्य संस्था र प्रयोग गरिएका उपकरण अनुसार फरक पर्छ।
– ५ सय देखि १० हजारसम्म पनि शुल्क पर्न सक्छ।
– दाँतको फोहोरको अवस्था, लाग्ने समय र सेवा अनुसार शुल्क फरक पर्न सक्छ।
अन्त्यमा यहाँको सुझाव के छन् ?
– अन्य अंग जस्तै दाँत स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ।
– समयमै गरिएको उपचारले समय, शुल्क सबै बचत हुन्छ।
– गुलियोजन्य खानेकुराहरु कम खाने र खाइसकेपछि कुल्ला गर्ने, सफा गर्ने गर्नुपर्छ।
भिडियो – निमेष जंग राई