काठमाडौं- नेपालमा विशेषज्ञ डाक्टरहरुको संख्या दश हजारभन्दा बढी पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म १० हजार ८० जना विशेषज्ञ डाक्टर दर्ता भएका छन्।
नेपालमा विशेषज्ञ डाक्टरको संख्या बर्षेनी बढ्दो क्रममा छ। एमबिबिएस पछिको स्नातकोत्तर (पिजी) तहका लागि चिकित्सा शिक्षा आयोगले सिट संख्या पनि मापदण्ड अनुसार बढाउँदै लगिरहेको छ। यद्यपि एमबिबिएसको तुलनामा पिजी सिट कम भएको भन्दै आयोगको आलोचना हुँदै आइरहेको छ।
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हालसम्म ३२ हजार २ सय १८ जना डाक्टर दर्ता भएका छन्। दर्ता भएकामध्ये १० हजार ८० जना विशेषज्ञ डाक्टर छन्। विशेषज्ञ डाक्टरहरुमा ७ हजार ११० जना पुरुष र २ हजार ९७० जना महिला छन्।
काउन्सिलमा दर्ता भएको विशेषज्ञ डाक्टरको तथ्यांक अनुसार सबैभन्दा बढी इन्टरनल मेडिसिनमा रहेका छन्। इन्टरनल मेडिसिनमा एक हजार ८८ जना डाक्टर दर्ता छन्। त्यसपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जेनेरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बाल रोग विशेषज्ञ ७८१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जना रहेका छन्।
कुन रोगको उपचार गर्ने कति विशेषज्ञ डाक्टर ?
इन्टरनल मेडिसिन - १०८८
इन्ड्रोक्राइनोलोजी (मधुमेह तथा हर्मोन) – २८
कार्डियोलोजी (मुटु) – १२६
पेडियाट्रिक्स कार्डियोलोजी (बालबालिकाको मुटु रोग) – १
क्लिनिकल जेनेटिक्स – २
क्रिटिकल केयर मेडिसिन – २
फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन – ३
ग्याष्ट्रोइन्टेरेलोजी – ४५
हेमाटोलोजी (रगत रोग) – ३
हेपाटोलोजी (कलेजो) – १
नेफ्रोलोजी (मिर्गौला) – २६
र्युमाटोलोजी (बाथ) – ७
रेस्पिरेटरी एन्ड टिबी (श्वासप्रस्वास र क्षयरोग) – ३१
ट्रान्सफ्युजन मेडिसिन एन्ड टिस्यु टाइपिङ- ३
ट्रपिकल मेडिसिन – १
फ्यामेली मेडिसिन – १
पल्मोनोलोजी – २
प्यालिटिभ मेडिसिन – १
जेनेरल सर्जरी – ९४७
कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी – १७
कार्डियाक सर्जरी – ७
ग्यास्ट्रो सर्जरी – २
हेपाटोबिलरी सर्जरी – ६
न्यूरो सर्जरी – ५९
पेडियाट्रिक सर्जरी – १९
प्लास्टिक सर्जरी – १३
सर्जिकल अंकोलोजी – २१
युरोलोजी (पिसाब प्रणाली) – ५५
कोलोरेक्टल सर्जरी – १
थोरासिक सर्जरी – १
एनेस्थेसियोलोजी (बेहोस बनाउने लगायत) – ६७७
डर्माटोलोजी एन्ड भेनेरोलोजी (छाला तथा यौन) – ३३९
नाक, कान, घाँटी- ३२८
इमर्जेन्सी मेडिसिन – ११
जेनेरल प्राक्टिस – ४५१
जेरियाट्रिक मेडिसिन (ज्येष्ठ नागरिक) – ५
नियोन्याटोलोजी (नवजात शिशु) – ८
न्युक्लियर मेडिसिन – १६
प्रसूति तथा स्त्रीरोग – ९९४
अंकोलोजी (क्यान्सर) – ११
अप्थाल्मोलोजी (आँखा) – ४६३
अर्थोपेडिक्स (हाडजोर्नी) – ८०५
पेडियाट्रिक्स (बाल रोग) – ७८१
पेडियाट्रिक हेमाटो अंकोलोजी – १
पेडियाट्रिक नेफ्रोलोजी – १
साइक्याट्रि (मानसिक)- २४४
रेडियोथेरापी – २९
रेडियोलोजी एन्ड इमेजिङ – ६६३
पेडियाट्रिक हेमाटोलोजी – १
पेडियाट्रिक ग्याष्ट्रोइन्टेरोलोजी – ३
दाँत रोग तर्फ
एमडिएस – २३१
कम्युनिटी डेन्टिस्ट्री – ६
कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिस – ६६
ओरल एन्ड म्याक्जिलोफेसियल सर्जरी – ८८
ओरल मेडिसिन एन्ड रेडियोलोजी – १२
ओरल प्याथोलोजी – १५
ओरल साइन्स – २
अर्थोडोन्टिस – १३२
पेडोडोन्टिस – ३३
पेरियोडोन्टिस – ५८
प्रस्थोन्डटिक्स - ९१
पब्लिक हेल्थ डेन्टिस्ट्री – ६
फरेन्सिक ओडोन्टोलोजी – १
बेसिक साइन्स तर्फ
एनाटोमी – ६१
बायोकेमेष्ट्री – ६०
कम्युनिटी मेडिसिन एन्ड पब्लिक हेल्थ – १९०
फरेन्सिक मेडिसिन – ५३
हस्पिटल एड्मिनिस्ट्रेसन – ४
माइक्रोबायोलोजी – ७५
प्याथोलोजी – ३६२
फर्माकोलोजी – ८०
फिजियोलोजी – ७२
विधागत आधारमा धेरैदेखि थोरैको संख्या हेरौं