काठमाडौं- सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाइ स्मृति प्रसूति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। नगरप्रमुख शिव शंकर महतोको पहलमा अस्पताल सञ्चालनमा आएको हो। स्पताल सञ्चालनमा आएपछि स्थानीयहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
स्थानीय महेन्द्र महतो र गेनाइ महतोको परिवारले डेढ बिघा जग्गा दिएपछि भारत सरकारको आर्थिक सहयोगमा अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो।
यस क्षेत्रमा अस्पताल नहुँदा स्थानीय सामान्य उपचार र प्रसूति सेवाका लागि लहान, धरान र विराटनगर जानुपर्ने बाध्यता थियो। अस्पताल सुचारु भएपछि ग्रामीण र दुर्गम भेगको ठूलो समस्या टरेको धनगडीमाईका स्थानीयले बताए। हरुलेखुसी व्यक्त
२०७९ मङ्सिर १९ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा अहिलेसम्म आठ सय भन्दा बढी बिरामी बालबालिका र प्रसूतिलाई उपचार गरिसकेको अस्तालका प्रशासकीय प्रमुख दिपेन्द्र महतोले जानकारी दिए। २०६८ सालमा नै अस्पताल निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको थिएन।