सप्तरी- गजेन्द्र नारायण सिंह अस्पतालमा दुरबिन प्रविधिबाट शल्यक्रिया (ल्याप्रोस्कोपिक सर्जरी) सम्पन्न भएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार शम्भुनाथ गाउँपालिकाकी २४ वर्षीया महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया दुरबिनको माध्यमबाट शल्यक्रिया (ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी) गरिएको हो।
‘यस अस्पतालमा उक्त शल्यक्रिया पहिलो पटक भएको हो। चिकित्सकहरु डा नागेन्द्र प्रसाद यादव, डा पंकज यादव लगायतको समूहले सफल रुपमा शल्यक्रिया सम्पन्न गर्नुभएको हो,’ डा तिवारीले भने।
शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि बिरामी डिस्चार्ज भइसकेकी छिन्। बिरामीको शुक्रबार शल्यक्रिया गरिएको थियो।
अस्पतालको सेवालाई अझै व्यापक र गुणस्तरीय बनाउन अस्पताल प्रशासन निरन्तर लागि रहेको डा तिवारीले जानकारी दिए।