काठमाडौं- नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्कीको जित सुनिश्चित भएको छ।
ताजा मतपरिणाम अनुसार कार्की प्रगतिशिल समूहका डा सन्तोष पौडेलभन्दा ९७९ मतले अघि छन्। जबकी अब गणना हुन बाँकी मत जम्मा १०२५ रहेको छ। कार्कीले २९१९ मत पाएका छन् भने पौडेलले १९४० मत पाएका छन्। यसैगरी स्वतन्त्र समूहका अध्यक्षका उम्मेदवार डा शिवजी विक्रम सिलवालले २३७ मत पाएका छन्।
यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीको जित पक्का भएको छ। तिवारीले २३७१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी डा अमृत भुसालले १३०० मत पाएका छन्।
अन्य पदाधिकारी र बहुमत सदस्यमा पनि लोकतान्त्रिक समूहकै अग्रता रहेको छ। संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो।