काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म कुल २ हजार ९९८ मत गणना हुँदा अध्यक्ष पदमा डा अनिलबिक्रम कार्की लाई झण्डै दोब्बर मतको अग्रता कायमै छ।
उनले कुल १ हजार ७१० मत ल्याउँदा निकटतम प्रतिस्पर्धीको रुपमा रहेका डा सन्तोष पौडेलले १ हजार ८८ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेद्धार डा शिवजी विक्रम सिलवालले ११२ मत मात्रै पाएका छन्।
यस्तै महासचिव पदमा डा सञ्जीव तिवारी अगाडी छन्।
उनले कुल १ हजार ३३४ मत प्राप्त गर्दा डा रक्षा श्रेष्ठले ७५१ मत र डा अमृत भुसालले ७३४ मत प्राप्त गरेका छन्।
सदस्यहरुमा डा अमित रञ्जन मिश्रले १ हजार ६१९ मत, डा किशोर खत्रीले १ हजार ५०० मत, डा डा तेज्सु सिंह मल्लले १ हजार ४९५ मत, डा योभिन यादवले १ हजार ४२८ मत, डा सृजना विष्टले १ हजार ४१४ मत र पदम नेपाली दर्जीले १ हजार २७० मत प्राप्त गरेका छन्।