काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २५७९ मत गणना भएको छ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीलाई झण्डै दोब्बर मतको अग्रता कायमै छ। उनी १५०२ मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी डा सन्तोष पौडेलले ९०६ मत पाएका छन्। यस्तै डा शिवजी शिलवालले ८९ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ११८०, स्वतन्त्र समूहका डा अमृत भुसालले ६१९ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ६१८ मत पाएकी छन्।
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ५३९, डा महेश महासेठले ६७२ र डा निरज कुमार सिंहले ११५१ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले १३६३ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ९७२ मत प्राप्त गरेका छन्।
यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ८८७ मत प्राप्त गर्दा डा राजन शर्माले १४६२ मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ८७५ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १४३६ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।