काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २०८६ मत गणना भएको छ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीलाई झण्डै दोब्बर मतको अग्रता कायमै छ। उनी १२३४ मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी डा सन्तोष पौडेलले ७०१ मत पाएका छन्। यस्तै डा शिवजी शिलवालले ७७ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ९८५, स्वतन्त्र समूहका डा अमृत भुसालले ४६३ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ५०० मत पाएकी छन्।
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ३९२, डा महेश महासेठले ५७१ र डा निरज कुमार सिंहले ९२८ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले ११०८ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ७७१ मत प्राप्त गरेका छन्।
यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ७०६ मत प्राप्त गर्दा डा राजन शर्माले ११७६ मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ६१६ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले ११४८ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अमित रञ्जन मिश्र ११५४
डा तेज्सु सिंह मल्ल ११०८
डा युभिन कुमार यादव १०२३
डा किशोर खत्री १००३
डा सृजना विष्ट ९६४
डा पदम नेपाली दर्जी ८८९
डा स्मृती महत ८६४
डा मनोर दिन शैय्यद ६८४
डा रमेश श्रेष्ठ ५६७
डा अभियान गौतम ५४३
डा रामकृष्ण आचार्य ५२५
डा सुरेन्द्र यादव ४९८
डा चेतन बस्नेत ४६६
डा मोहम्मद अनामुल हक २९८