काठमाडौं- कुपन्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। प्यासिफिकले गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ८० जनाले सेवा लिएका छन्।
प्यासिफिकले शनिबार कुष्ठरोग निवारण महाशाखा अन्तर्गत खोकनामा रहेको प्रिन्सेप स्मृति कुष्ठ चिकित्सालयमा नि:शुल्क स्वास्थ्य शिविर गरेको हो। कुष्ठ रोगका बिरामीलाई लक्षित गर्दै आयोजना गरेको शिविरमा ८० जनाले सेवा लिएको प्यासिफिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटले जानकारी दिए।
उनका अनुसार शिविरमा प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, दाँत तथा गिजाको विशेष जाँच तथा परीक्षण गरिएको थियो। शिविरमा स्वास्थ्य जाँचसँगै औषधिहरु र मास्क नि:शुल्क वितरण समेत गरिएको थियो।
विश्व तिमल्सिनाको अगुवाइमा भएको नि:शुल्क शिविरमा डा काजान रानाभाटसहित डा विपिन जयसवाल, डा स्वेता ढकाल, डा कृपा ताम्राकार, डा नन्दनी चालिसे, डा सुमन पन्थी लगायतले सेवा दिएका थिए।