काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। राती सवा ९ बजेसम्म एक हजार दुई सय ८७ मत गणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीको अग्रता कायमै छ। उनी ७८६ मत सहित अगाडि छन्।
सदस्यहरुमा भने सबैभन्दा बढी मत डा तेजसु सिंह मल्लको आएको छ। ६ जना सदस्य पदका लागि १४ जना चुनावी मैदानमा छन्। १२८७ मत गणना हुँदा डा मल्ल ७३६ मत सहित सबैभन्दा अगाडि छन्।
यस्तै सदस्यहरुमा दोस्रो नम्बरमा रहेका डा किशोर खत्रीको ६९८ मत आएको छ। सिर्जना विष्ट ६४१ मत सहित तेस्रो स्थानमा छिन्। डा अमितराज मिश्रा ६२६ मतसहित चौथो स्थानमा छन्। पाँचौ स्थानमा रहेका डा पदम नेपालीको ६१८ मत आएको छ।
यसैगरी छैठौं स्थानमा डा सृमिती महत रहेकी छिन्। उनको ५८४ मत आएको छ।
सातौं स्थानमा रहेका डा युविन यादवको ५३५ मत आएको छ। आठौं स्थानमा रहेका डा मनोर दिन शैयदको ४१८ मत रहेको छ।
कसको मत कति?