अपडेट: ९:३० बजे। जम्मा गणना १२८७।
काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। राती साढे ९ बजेसम्मको अपडेट अनुसार एक हजार दुई ८७ मत गणना भएको छ।
हालसम्मको मतगणना अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की अग्रस्थानमा रहेका छन्। उनले ७८६ मत पाएका छन्। प्रगतिशिल समूहका डा सन्तोष पौडेलले ४१३ मत पाएका छन् भने स्वतन्त्र समूहका डा शिवजी शिलवालले ४३ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ६१०, स्वतन्त्र समूहका डा अमृत भुसालले ३०० र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ३०८ मत पाएकी छन्।
उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले २६६, डा महेश महासेठले २५२ र डा निरज कुमार सिंहले ६२७ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले ७६३ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ४०१ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा विकास गौचनले ४७९ मत प्राप्त गर्दा डा राजन शर्माले ६८४ मत पाएका छन्।
यस्तै उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्यालले ४०२ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले ७५७ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अभियान गौतम ३३५
डा अमित रञ्जन मिश्र ६२६
डा चेतन बस्नेत २८७
डा किशोर खत्री ६९८
डा मनोर दिन शैय्यद ४१८
डा मोहम्मद अनामुल हक १६९
डा पदम नेपाली दर्जी ६१८
डा रमेश श्रेष्ठ ४०८
डा रामकृष्ण आचार्य २५०
डा स्मृती महत ५८४
डा सृजना विष्ट ६४१
डा सुरेन्द्र यादव २४२
डा तेज्सु सिंह मल्ल ७३६
डा युभिन कुमार यादव ५३५