काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता कायमै राखेका छन्। बाँके र चितवन दाङको ८२३ मत गणनामा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले ५६१ मत पाएका छन्।
यस्तै प्रगतिशिल समूहका डा सन्तोष पौडेलले २१७ मत पाएका छन् भने स्वतन्त्र समूहका डा शिवजी शिलवालले २७ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ४०१, स्वतन्त्र समूहका डा अमृत भुसालले १९९ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले १७९ मत पाएकी छन्।
उपाध्यक्षतर्फ मधेस प्रदेशमा डा अजय कुमार मिश्रले १५५, डा महेश महासेठले १२३ र डा निरज कुमार सिंहले ४४८ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा प्रकाश बुढाथोकीले ५४२ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले २०४ मत प्राप्त गरेका छन्।
यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले २२६ मत प्राप्त गर्दा डा राजन शर्माले ५०७ मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले २०२ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले ५४४ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अभियान गौतम २१२
डा अमित रञ्जन मिश्र ४३८
डा चेतन बस्नेत १९६
डा किशोर खत्री ५१५
डा मनोर दिन शैय्यद ३११
डा मोहम्मद अनामुल हक १२२
डा पदम नेपाली दर्जी ३५५
डा रमेश श्रेष्ठ १५२
डा रामकृष्ण आचार्य १३७
डा स्मृती महत ३५६
डा सृजना विष्ट ४७२
डा सुरेन्द्र यादव १०७
डा तेज्सु सिंह मल्ल ४७२
डा युभिन कुमार यादव ३५१