काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज चिकित्सा क्याम्पसले ठूलो संख्यामा उप–प्राध्यापक माग गरेको छ।
संस्थानले सोमबार सूचना प्रकाशन गरी विभिन्न १७ विषयमा गरी २० उप–प्राध्यापकका माग गरेको हो। १ वर्षका लागि करार सेवामा नियुक्तिका लागि संस्थानले आवेदन खुलाएको छ।