काठमाडौं- नेपाली सेनाले सैनिक अस्पतालका लागि केही करार जनशक्ति माग गरेको छ। जंडी अड्डाले सैनिक कल्याणकारी कोष अन्तर्गत देशका विभिन्न क्षेत्रमा सञ्चालित अस्पतालका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको हो।
पूर्वी कमाण्ड अस्पताल इटहरी, पश्चिम कमाण्ड अस्पताल नेपालगन्ज, मध्य कमाण्ड अस्पताल पोखरा, फिल्ड अस्पताल बर्दिबास र फिल्ड अस्पताल धनगढीका लागि जनशक्ति माग गरिएको जंगी अड्डाले जानकारी दिएको छ।
सबै अस्पतालमा गरी ७ जना विशेषज्ञ चिकित्सक र ७ जना मेडिकल अफिसरका लागि आवेद खुलाइएको छ। नर्सिङ अधिकृत, स्टाफ नर्स अन्य प्राविधिक जनशक्तिसहित जम्मा ३१ जना स्वास्थ्यका जनशक्तिका लागि सेनाले आवेदन खुलाएको छ।
हेर्नुहोस सूचना: