काठमाडौं- हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको छ। आइतबार सूचना निकाल्दे प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो।
प्रतिष्ठानले करार सेवामा उक्त जनशक्ति लिन लागेको हो। जसमा ९ औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८ औं तह आयुर्वेद चिकित्सक १ जना, ७ औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन्।
यस्तै, पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदहरुमा विज्ञापन खुलाइएको छ।