काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केही करार कर्मचारी माग गरेको छ। शिक्षण अस्पतालले शुक्रबार विज्ञापन गरी केही हाउस अफिसर माग गरेको हो।
एमबीबीएस उतीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका डाक्टरहरुले आवेदन दिनसक्ने अस्पतालले जानकारी दिएको छ। आवेदन दिने समय भदौ १६ गतेसम्म तोकिएको छ भने आवेदन शुल्क २००० तोकिएको छ।