काठमाडौं - शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रका विशेषज्ञ चिकित्सकहरुको उमेर हद बढाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार बसेको केन्द्रको सञ्चालक समितिको बैठकले विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६३ पुर्याउने निर्णय गरेको हो।
यसअघि विशेषज्ञ चिकित्सकहरुको उमेर हद ६० थियो। सञ्चालक समितिले दिएको सुझावका आधारमा उमेर हद बढाइएको हो।