वीर अस्पताल १३३ वर्ष अघि आजकै दिन स्थापना भयो। १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा आधुनिक चिकित्साका अधिकांस सेवाहरु सुरु भए। मुटुको शल्यक्रिया, आइसीयु सेवा, मानसिक रोग विभाग, स्त्री रोग विभाग, सरुवा रोग सेवा, बाल रोग लगायतका सेवाहरु पहिलो पटक सुरु भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले बताए।
उनका अनुसार वीर अस्पतालकै विभागहरु पछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक रोग अस्पताल, शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल बनेका हुन्।
१३३ वर्षको वीर अस्पताल समयअनुसार विस्तार भने हुन सकेको छैन। हालसालै बनेको नयाँ सर्जिकल भवनसहित वीर अस्पताल अहिले ९६० शय्या क्षमताको भएको छ। तर पाँच सय शय्या क्षमताको सर्जिकल भवन भने अझै पनि पूर्ण क्ष्मतामा चल्न सकेको छैन।
उनले वीर अस्पतालको स्तरोन्नतीमा सरकारले प्राथमिकता दिएमा अहिलेको क्षमताभन्दा दोब्बर बढी सेवा प्रदान गर्न सक्ने दाबी गरे।
वीर अस्पतालमा हाल १ हजार ६०५ जना कर्मचारी कार्यरत रहेको उनले बताए।
वीर अस्पतालमा २५ सय शय्या क्षमतामा विस्तार गर्ने गुरुयोजना अघि बढेको डा बस्नेतको भनाइ छ।
वीर अस्पतालको १३३ औं वार्षिक उत्सवको अवसरमा डा बस्नेतसँग वीर अस्पतालको इतिहास, पहिलो पटक सुरु भएका विशेषज्ञ सेवा, हाल अस्पताल सञ्चालन र व्यवस्थापन, समस्या, चुनौती तथा आगामी कार्ययोजनाबारे कुराकानी गरेका छौं। प्रस्तुत छ डा बस्नेतसँगको भिडियो सम्वादः